Logo
१२ बैशाख २०८१, बुधबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुला गरिने

काठमाडौं :  गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश: ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो । न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्