Logo
११ बैशाख २०८१, मंगलबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने

काठमाडौँ : वैशाख १६ गतेदेखि संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन सुरु हुने भएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गर्न लागेको संघीय संसद सचिवालयले जनायो । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयले दिएको जानकारी अनुसार वैशाख १६ गते अधिवेशन बोलाउने आह्वान हुने जानकारी पाए पनि औपचारिक शुक्रबारसम्म आएको छैन । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘वैशाख १६ गते अविधेशन आह्वान हुने जानकारी पाएका छौं । तर औपचारिक रुपमा पत्र आइपुगेको छैन । हामी तयारी अवस्थामा छौं ।’

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्री बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाउन लागिएको हो ।

बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे पर्याप्त छलफल गर्ने परम्परा छ । बजेट अधिवेशन भए पनि आउँदो अधिवेशनमा विधेयक पनि पारित गरिने कानुन मन्त्रालयले जनाएको छ ।

संसदमा विभिन्न चरणमा पुगेका र दर्ता हुने क्रममा रहेका विधेयकलाई अघि बढाइने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्