Logo
६ बैशाख २०८१, बिहीबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईस्टरको मौकामा चर्च र होटलमा श्रृङ्खलाबद्ध बिस्फोटः २५ को मृत्यु, २०० बढी घाइते

श्रीलङ्का :  श्रीलङ्कामा आइतबार चर्च र होटलमा श्रृङ्खलाबद्ध बम बिस्फोट भएको छ । इस्टरको मौकामा राजधानी कोलम्बोमा कूल ३ चर्चमा बिस्फोट भएको छ भने अन्य ३ होटलमा पनि बिस्फोटको खबर सार्वजनिक भएको छ ।

श्रीलङ्काली मिडिया रिपोर्ट अनुसार २५ बढीको मृत्यु भएको छ भने २ सय बढी घाइते भएका छन् । कोलम्बो नेशनल हस्पिटल प्रशासनले ८० जना घाइते भएको पुष्टि गरेको छ ।

स्रोतका अनुसार एक बिस्फोट कोलोम्बोको कोछिकडे शहरस्थित सेन्ट एन्थनी चर्च । यो चर्चमा हज्जारौं मानिस इस्टरको प्रार्थनाका लागि जम्मा भएका थिए । साथै, दोस्रो बिस्फोट नेगोम्बोको कतुवपितियाको एउटा चर्चमा भयो । यसबाहेक कोलम्बोमा नै शांगरी ला होटलमा र किंग्सबरी होटलमा पनि बम बिस्फोट भयो । शांगरी ला होटलमा धेरैजना घाइते भएको बताइन्छ ।

घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दारकार्य जारी छ । अहिलेसमम यो हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । ईस्टर सन्डे इसाई धर्मको प्रमुख पर्व हो ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्