Logo
१५ चैत्र २०८०, बिहीबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षपछि बल्ल पुग्यो टुलिङमा बिजुली

हुम्ला :  सिमकोट गाउँपालिका-७ टुलिङमा बिजुली पुगेको छ। हिल्दुम वितरण केन्द्रबाट बिजुली लगिएपछि गाउँका ३१ घरधुरीले शनिबार साँझदेखि बिजुली बत्ती बाल्न पाएका हुन् ।

टुलिङ गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउन पहिलो किस्ता ९० हजार र दोस्रो किस्ता १ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ। २०७० मा टुलिङ गाउँका ३१ घरधुरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखे पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण बिजुली ढिलो पुगेको स्थानीय नन्द शाहीले बताए।

ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुशी लागेको स्थानीय बासिन्दाले बताए। गाउँमा ५ वर्षपछि बिजुली पुगेपछि घरायसी काम गर्न र राति बालबालिकालाई लेखपढ गर्न सहज भएको वीरबहादुर शाहीले बताए।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्