Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको पदाधिकारी बैठक आजदेखि बबरमहलमा बस्दै

काठमाडौं :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारीको बैठक बस्दैछ। पार्टी कार्यालय बबरमहलमा आइतबारदेखि राजपाका पदाधिकारीको बैठक बस्न लागेको हो।

पदाधिकारी बैठक विशेषगरी महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल केन्द्रित हुने राजपाको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। राजपाले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ। ६ मधेसवादी दल मिलेर राजपा बनेको २ वर्ष पूरा भइसकेको छ तर अहिलेसम्म एकता अधिवेशन गर्न सकेको छैन।

यसअघि वैशाख ७ अर्थात् महाधिवेश गर्ने घोषणा गरिएको थियो। तर बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ। अध्यक्ष मण्डलका सदस्य यादवका अनुसार पदाधिकारी बैठकमा सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकिकरणका विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमको समिक्षा गरी पार्टीको भूमिका तय गर्नेछ।

बैठकमा दुई नम्बर प्रदेश सरकारको गतिविधि, कार्यशैलीको पनि समीक्षा गर्ने राजपाका नेताहरूले बताए। तीन दिन चल्ने बैठक दिउँसो १ बजे बबरमहलमा सुरु हुनेछ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्