Logo
६ बैशाख २०८१, बिहीबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा नेपाली कलाकारद्वारा दर्शकलाई मनोरञ्जन सफल

काठमाडौं : रोयल वेस्टर्न फुटबल क्लब मेलबर्नको आयोजनामा अस्ट्रेलियाको सिडनी र मेलवर्नमा नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएको न्यु इएर धमाका कार्यक्रममा नेपाली कलाकारहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

अस्ट्रेलियाको साइप्रस कम्युनिटी हलमा गत वैशाख ६ गते बेलुकी भएको कार्यक्रममा ४०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रममा नेपाली कलाकारले प्रस्तुति दिएका हुन् । कार्यक्रममा हास्यव्यंग्य कलाकार सुबोध गौतम, गायक मानसराज, गायक बद्री पंगेनीले दर्शकलाई मनोरञ्‍जन दिएका थिए । कार्यक्रममा कलाकार गौतमको क्यारिकेचर प्रस्तुत गर्दा दर्शकको हाँसो लगातार गुन्जिरह्यो ।

उनको प्रस्तुतिलाई तातेको माहोल सेलाउन नपाउँदै गायक मानसराजले आफ्नो प्रस्तुति दिए । उनको चर्चित गीत भाइरल भइदियोुले माहोललाई अझ रौनक थपिएको थियो । उक्त कार्यक्रम साहित्यकार, समाजसेवी सुशील चालिसेको सक्रियतामा सम्पन्न भएको हो । कार्यक्रममा गौतम, मानसराजका साथै पंगेनीले समेत प्रस्तुति दिएका दिए ।

एउटै समयमा नेपाली समुदायकै सातवटा कार्यक्रम जुधे पनि ४०० भन्दा बढीको उपस्थितिलाई उल्लेख्य मान्नुपर्ने आयोजक जीवन डिसीले बताए । अस्ट्रेलियाका लागि अवैतनिक राजदूत चन्द्र योन्जनले दूतावासमै नेपाली कलाकारहरूलाई स्वागत गरेका थिए।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्