Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठौं राष्ट्रिय खेलकुद : २-० को नतिजा सुम्पदै प्रतियोगिताबाट बाहिरिन बाध्य कर्णाली प्रदेश

कपिलवस्तु : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार बिहान भएको महिला फुटबलमा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ ।  शनिबार बिहान कपिलवस्तुको वाणगंगा वुद्धरंगशालामा भएको खेलमा प्रदेश नम्बर १ ले प्रतियोगिताकै कमजोर मानिएको कर्णाली प्रदेशलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

पहिलो हाफमा दुवै समूहले गोल गर्ने प्रयास गरे पनि बलले जाली चुम्न नसक्दा गोलरहित बराबरीमा टुंगियो। दोस्रो हाफमा भने प्रदेश नम्बर १ ले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो। दोस्रो हाफको १२ औं मिनेटमा ओजीको गोलबाट अग्रता लिएको प्रदेश नम्बर १ ले ६४ औं मिनेटमा दोस्रो गोल गरिन्। सावित्रा मगरकै निर्णायक गोलमा कर्णाली प्रदेश २-० को नतिजा सुम्पदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

नेपाल आर्मी र एपिएफसँग फराकिलो अन्तरले हार भोगेका यी दुई टोलीबीचको खेल भने निकै रोमाञ्चक बनेको थियो। कर्णालीले पनि गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेन । कर्णाली अंकविहीन हुँदै अंक तालिकाको पुछारमा छ भने प्रदेश नम्बर १ ले तीन अंक जोडेको छ। शनिबार अपराह्न आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्