Logo
१३ बैशाख २०८१, बिहीबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको विदेश भ्रमण तयारी तीव्र

काठमाडौँ : सरकारले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण तयारी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी एशियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको तयारी तीव्र पारेको हो । यद्यपि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणबारे केही बताउन चाहेको छैन ।

‘प्रधानमन्त्रीको भ्रमणबारे अहिलेसम्म जानकारी छैन, तर राष्ट्रपतिको भ्रमण कार्यकातालिका निश्चित भइसकेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनका अनुसार राष्ट्रपति भण्डारीको चीन भ्रमण राजकीय हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी यहि वैशाख ११ गते चीनको सियान हुदै बेइजिङ जानेछिन् भने ल्हासा हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी र केही सांसहदहरु समेत रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा अरु केही उच्चपदस्थ कर्मचारी निजि क्षेत्रबाट समेत भ्रमण टोलीमा सहभागि हुनेछन् ।

राष्ट्रपतिले चीन भ्रमणका क्रममा समकक्षी सि जिनपीङलगायत चिनियाँ सरकारका उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै राष्ट्रपतिले सियान र ल्हासाका प्रान्तीय उच्च अधिकारीसँग समेत भेटवार्ता गर्ने

कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सि ले व्याङ्क्वेट ९भोज० दिने छन् । राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ ९बिआरआई० को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।

यसैबीच प्रधानमन्त्री ओली बैशाख २६ गते कम्बोडिया भ्रमणमा जाने भएका छन् । भियतनाम र कम्बोडियाबाट निम्तो आएपछि भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी छ ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्