Logo
६ बैशाख २०८१, बिहीबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चको छाना खस्दा १३ जनाको मृत्यु

जोहानेसबर्ग : दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् ।

प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्