Logo
११ बैशाख २०८१, मंगलबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा राप्रपाका अध्यक्ष कमल थापासहित दर्जन बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौं : प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् । काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए । यसअघि कार्यक्रममा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताएका थिए ।

‘धर्म निरपेक्षताको कुरा जनआन्दोलनमा पनि ननिस्केको तर विदेशीको इशारामा नेपाल धर्म निरपेक्षता लादिएको हो’ थापाको आरोप छ । राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्