Logo
६ बैशाख २०८१, बिहीबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई विद्यार्थीहरुका लागि एनसेलले ल्यायो पहिलो सिम अफर

काठमाडौं : नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माई फाइभ समाविष्ट छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।

१ रुपैयाँमा एसइइ पहिलो सिम सिम कार्ड अफरहरु :

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असिमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ ।

यस्तै माई फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ । जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०।९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन् ।

एनसेलले यो पहिलो सिम अफर यही बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरेको छ । थप जानकारीका लागि १७१०३ डायल गर्न सकिनेछ ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्