Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपरिवार सहित पूर्वप्रधानमन्त्री दाहाल सिन्धुपाल्चोकको सुकुटेमा

काठमाडौं : सत्तारूढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको बताइएको छ। उनको साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका थिए ।

बिहीबार सुकुटेबीचमा वास बसेका प्रचण्डले शुक्रबार बिहानै सुकुटेमा मर्निङ वाकसम्म गर्न भ्याए । केही महत्वपूर्ण निर्णय गर्नुपरे पनि पचण्ड सुकुटे पुग्नेगरेका छन् । आज चितवनमा लगानी सम्मेलनको उद्घाटन गर्न जाने कार्यक्रम रहेकोले आजै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्