Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ वर्षदेखि छोरी बलात्कार गर्ने बाबु पक्राउ

दोलखा :  दोलखाको चरिकोटबाट छोरी बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीले बिगत सात वर्षदेखि बाबुले आफुलाई बलात्कार गर्दै आएको भनी उजुरी दिएपछि बुधबार प्रहरीले बुबालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ४० वर्षीय पुरुषलाई दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए। घरमा कोही नभएको बेलामा डर त्रास देखाएर १० वर्षको उमेरदेखि नै आफू बलात्कारको सिकारमा परेको भनि पीडितले मंगलबार उजुरी दिएको प्रहरीले जनाएको छ ।

पटक–पटक बाबुले बलात्कार गर्ने गरेको कुरा परिवारमा भनिएको भएपनि पारिवारिक कुरालाई सार्वजनिक गर्न परिवारले आनाकानी गरेपछि युवतीले उजुरी दिन बाध्य भएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्