Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा ५ न्‍यायाधीशमध्‍ये ३ को सुनुवाइ सकियो, २ को बाँकी

काठमाडौं :  सर्वोच्च अदालतका लागि प्रस्तावित भएका ५ जना न्यायाधीशमध्‍ये ३ जना न्‍यायाधीशको संसदीय सुनुवाइ सकिएको छ।

संसदीय सुनुवाई विशेष समितिले न्याय परिषदबाट सिफारिस भएका पाँचै न्यायाधीशमध्‍ये प्रकाश ढुंगना, सुष्मा लता माथेमा, कुमार रेग्मीको सुनुवाइ सकिएको छ भने बाँकी २ जना न्‍यायाधीशको सुनुवाइ जारी छ। तीमध्‍ये न्‍यायाधीशमा सिफारिस हरि फुयाँलको संसदीय सुनुवाइ जारी छ भने मनोजराज शर्माको संसदीय सुनुवाइ बाँकी छ।

सुनुवाई समितिमा ५ वटा उजुरी परेको थियो । जसमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता सम्भु थापासहितले उजुरी गरेका थिए। समितिले उजुरीकर्ताहरुलाई बिहान ११ बजे बोलाएर छलफल गरेको थियो।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्