Logo
१५ चैत्र २०८०, बिहीबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी अब ‘प्रकाण्ड’ लाई

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् ।

हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् । उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्