Logo
१५ चैत्र २०८०, बिहीबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहिबार देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना

काठमाडौँ : नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न तथा पक्राउ परेका अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न मागसहित महासंघले बिहीबार प्रशासन कार्यालयमा धर्ना दिएको हो । यसैवीच महासंघको केन्द्रीय निर्देशन अनुसार रौतहटका पत्रकारहरुले पनि जिल्ला प्रशासन कार्यालय रौतहट अगाडी धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक सभापति उतमकुमार उपाध्यायको नेतृत्वमा पत्रकारहरु बिहान ९ः३० देखी १०ः३०सम्म जिल्ला प्रशासन अगाडी धर्नामा बसेका हुन् । आन्दोलित पत्रकारहरुले बिधुुतीय कारोवार एन ४७/४८ खारेज हुनुुपर्ने,पक्राउ पत्रकारहरु अविलम्ब रिहा हुनुुपर्ने र उक्त ऐन बाट पीडामा परेका पत्रकारहरुलाई क्षतिपुुर्ती दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्