Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा सिलिन्डर बम बिस्फोट, स्थानीय बासिन्दा त्रसित

                                                                                                                                                                                          सांकेतिक तस्बिर

चितवन :  चितवनका ३ ठाउँमा बिहीबार बिहान सिलिन्डर बम बिस्फोट भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको दिन बिहीबार बिहानै ३ ठाउँमा सिलिन्डर बम विस्फोट भएको प्रहरीले जनाएको छ । तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका-१८ भीमनगरमा खेतमा लागेर सिलिन्डर बम बिस्फोट गराएका हुन् । भौतिक क्षति नभए पनि बिस्फोटका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । यसैगरि कालिका नगरपालिका-८ कालिका मन्दिर नजिकै बिहान ४ बजेतिर सिलिन्डर बम पड्किएको हो । त्यहाँ पनि ठूलो क्षति भने भएको छैन ।

यस्तै खैरहनी नगरपालिका-२ चैनपुरमा खोलामा लगेर सिलिन्डर बम नै बिस्फोट गराइएको र बिस्फोट गराउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिकाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्