Logo
६ बैशाख २०८१, बिहीबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’, प्रधानमन्त्रीद्वारा वैज्ञानिक समुहलाई बधाई

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको श्रीबृद्धिका लागि कटिबद्ध वैज्ञानिकहरुको समुहलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि सफल परीक्षणको शुभकामना समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणले नेपालको प्रतिष्ठा बढेको बताएका थिएृ । सानै आकारको भए पनि नेपाली भूउपग्रह अन्तरीक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् ।

बिहीबार बिहान साढे २ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलोग्राम छ । नेपाली भूउपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । नेपाली भूउपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत संलग्न छन् ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्