Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारा र पर्सा हावाहुरी पीडितका लागि प्रदेश ३ का मुख्यमन्त्रीद्वारा १ करोड सहयोग

जनकपुर : प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई एक करोडको चेक सहयोग मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री राउतलाई एक करोडको चेक मुख्यमन्त्री पौडेलले हस्तान्तरण गरेका हुन् ।

चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो । हावाहुरीबाट जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाा सहयोग गर्ने घोषणा गरेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद दिएका थिए । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका थिए । प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाा मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरे । मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश शिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्