Logo
७ बैशाख २०८१, शुक्रबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताका लागि फोरम नेपालले राखे यस्तो सर्त, राजपालाई पर्यो सकस

काठमाडौं : एकीकरणका लागि संघीय समाजवादी फोरम नेपालले राखेको सर्तका कारण राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु अप्ठ्यारोमा परेका छन् ।

दुई दलको बीचमा चलिरहेको अनौपचारिक वार्ताका क्रममा फोरम नेपालले एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै फोरम नेपालकै झण्डा र चुनाव चिन्ह राखिनुपर्ने प्रस्ताव पनि गरिएको छ । यहाँसम्म कि अध्यक्षमण्डलमा एक नम्बरको अध्यक्ष फोरम नेपाल नै रहनुपर्ने प्रस्ताव पनि आएको वार्ता टोलीमा एक सदस्यले बताए ।

फोरम नेपालका वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ र राजपा नेपालका वार्ता समिति राजेन्द्र महतो बीच बैशाख १ गते अनौपचारिक छलफल भएको थियो । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र एक नम्बरको मर्यादाक्रमको प्रस्ताव फोरम नेपालले राखेपछि त्यसको कुनै ठोस जवाफ राजपा नेपालले दिएको थिएन । वार्ता समिति संयोजक महतोले यो कुरा आफूले पार्टीमा राख्ने बताएका थिए । छलफल महतो निवासमै भएको थियो ।

दुवै पार्टीको तर्फबाट एकीकरणका लागि वार्ता समिति गठन भएपनि हालसम्म औपचारिक वार्ता शुरु नै भएको छैन । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य समेत रहेका वार्ता समिति संयाजक महतोले अनौपचारिक छलफल भएको कुरा स्वीकार गर्दै भने, ‘फोरम नेपालले सरकार नछाडेसम्म वार्ताका लागि वतावरण तयार हुँदैन ।’

अनौपचारिक छलफल भएपनि फोरम नेपालको तर्फबाट त्यस्तो कुनै प्रस्ताव नआएको दाबी गर्दै उनले एकीकृत पार्टीको नाम र चुनाव चिन्ह आफ्नो पार्टीको हुनुपर्ने बताए । उनले भने, ‘हेर्नुस् त राष्ट्रिय जनता पार्टी राजपा कति राम्रो नाम छ, यो भन्दा कुन अर्को राम्रो नाम हुनसक्छ र रु हाम्रो पार्टीको चुनाव चिन्ह (छाता) पनि सन्देशमुलक नै छ ।’

महतोसँग छलफल गरेपछि श्रेष्ठ इथोपिया पूस्थान गरेको बताइएको छ । वार्ता समितिका सदस्य एवं पार्टीका महासचिव रामसहाय यादवसँग यस विषयमा बुझ्दा उनले अनौपचारिक वार्ता भएको स्वीकार गरे । तर, आफू सो अनौंपचारिक छलफलमा नरहेकाले के के कुरा भयो, त्यो आफूलाई जानकारी नरहेको बताए ।

फोरम नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवालले दुई दलबीच अनौपचारिक छलफल पटक पटक भएपनि औपचारिक छलफल नभएको बताए । अर्को वार्ता बैशाख ८ गते हुने भनिएको छ ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्