Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरु भयो प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ

काठमाडौं : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशचन्द्र थपलियाको संसदीय सुनुवाइ अब सुरु भएको छ। यसअघि समितिले थपलियाविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ५ वटा उजुरी परेका छन्। थपलियाको पछि समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको पनि आजै सुनुवाइ हुनेछ । उनीविरुद्ध भने कुनै उजुरी परेको छैन ।

समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरुको सुनुवाइ भने भोलि गर्ने भएको छ । न्यायपरिषद्ले हालै कानुन व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मालता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्