Logo
१३ बैशाख २०८१, बिहीबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिक्षमा करिब १ वर्ष बिताएका केलीको ‘डिएनए’ परिवर्तन

एजेन्सी : अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए ।

नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केलीको शरीरमा कयौँ परिवर्तन भइरहेको थियो । उनका केहि कोशिकाहरुमा डिएनए परिवर्तन भएका छन् ।

उनको प्रतिरक्षा प्रणालीले नयाँ सिग्नलहरु उत्पादन गरेको छ । जसले गर्दा उनको शरीरमा नयाँ ब्याक्टेरियाहरु भेटिएका छन् । तर उक्त ब्याक्टेरियाहरुले शरीरमा कुनै नोक्सान नपुर्याएको र पृथ्वीमा फर्किएपछि घट्दै गएको छ । यद्यपि, थोरै मात्रामा स्मरण शक्तिमा गिरावट हुँदै गएकाले वैज्ञानिकहरु चिन्तित छन् ।

केहि वैज्ञानिकहरुले उक्त समस्याको समाधान भेटिने दाबी गरेका छन् । साथै, यसले अन्तरिक्षयात्रीको लागि मंगल ग्रह वा अन्तरिक्षमा लामो समय बस्नु कति सुरक्षित छ त भन्ने प्रश्न पैदा भएको छ ।

अव यसको जवाफ केहि समयमा नै हुन गइरहेको अन्तरिक्षसम्बन्धी थप अध्ययनले पुष्टि गर्ने वैज्ञानिकहरु बताउँछन् । अमेरिकाका स्क्रिप्स रिसर्च ट्रान्सलेशनल इन्स्टिच्युटका निर्देशक डाक्टर एरिक टोपोलले यो व्यापाक अनुमान भएको बताएका छन् ।

५५ वर्षीय केलीले अमेरिकाका नौसेनामा क्याप्टेन भएर काम गरिसकेका छन् । उनी र उनका भाइ मार्क १९९५ मा नासामा जोडिएर अन्तरिक्ष यात्री बनेका थिए । अन्तरिक्षमा बसोबास गर्न योग्य छ कि छैन भनेर परिक्षणको लागि सन् २०१५ मार्च २७ मा केलीलाई अर्का एक सहयोगीका साथमा अन्तरिक्षमा पठाइएको थियो ।

अन्तरिक्षमा ३४० दिन बसेर उनी १ मार्च २०१६ मा पृथ्वीमा फर्किएका थिए । त्यसपछि सन् २०१६ को मार्च १२ मा उनले नासाबाट हट्ने निर्णय गरे ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्