Logo
१२ बैशाख २०८१, बुधबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ट्रिपर चालक पक्राउ

काठमाडौं : ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक ट्रिपर चालक पक्राउ परेका छन् । धादिङ थाक्रे गाउँपालिका घर भएका बा ४ ख ८५७३ नम्बरको ट्रिपरका चालक वीरबहादुर तामाङलाई प्रहरीले आर्थिक प्रलोभनमा पार्न खोजिएकाे भन्दै पक्राउ गरिएकाे हाे ।

काठमाडौं महानगरपालिका १४ ढुङ्गेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

   #सांकेतिक तस्विर

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्