Logo
११ बैशाख २०८१, मंगलबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेनन् वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ

काठमाडौं : नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन भएको पत्रकार इश्वरराज ढकालले जानकारी दिए ।

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्