Logo
७ बैशाख २०८१, शुक्रबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिक्ष युगमा प्रवेश गरेको नेपालको यस्तो छ नेपाली स्याट–१

काठमाडौँ :  पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट-१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।

यस्तो छ नेपाली स्याट-१

नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १।३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको छ ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्