Logo
८ बैशाख २०८१, शनिबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ हजार नेपाली स्वदेश फर्कन नपाई साउदी अरबमा अलपत्र

काठमाडौँ :  साउदी अरबस्थित ३ कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा ३ हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ ।

साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अर्कदमा ३ हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्