Logo
८ बैशाख २०८१, शनिबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामना सेवाकोे ८२ औं शाखा सुनसरीको धरानमा

धरान : कामना सेवा विकास बैंक लिमिटेडले ८२ औं शाखा सुनसरीको धरानमा संचालनमा ल्याएको छ ।आफ्नो सेवा विस्तारको क्रममा सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित छाता चोकमा आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

शाखाको बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं। १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं १ मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्