Logo
१५ चैत्र २०८०, बिहीबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर विस्तार

काठमाडौं : ग्लोबल आइएमई बैंकले सोमबार धादिङ्ग जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन काउण्टरकोे उद्घाटन नेपाल सरकारका माननीय अर्थमन्त्री श्री युवराज खतिवडाको रोहवरमा भयो । उक्त एक्सटेन्सन काउण्टरले राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु। १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्