Logo
८ बैशाख २०८१, शनिबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँखा किन फरफराउँछ ? थाहा पाइराख्नुहोस् यसका वैज्ञानिक कारण र लक्षण

समाजमा आँखा फरफराउँदा राम्रो, नराम्रो घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास छ। आँखा फरफराउने बित्तिकै जोसुकैले पनि कुनै न कुनै कुराको अनुमान लगाइरहेका हुन्छन्।

आँखा फरफराउनुलाई परापूर्व कालदेखि नै कुनै पनि घट्ने कुराको संकेतको रुपमा बुझ्ने गरिन्छ। तर चिकित्सकका अनुसार भने आँखा फरफराउनु कुनै पनि घटनाको संकेत नभएर यो स्वास्थ्यसँग जोडिएको कुरा हो।

आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलका कारण, शरीरमा हुने अनेकन परिवर्तन वा शरीरमा पाइने तत्वको कमीका कारण पनि आँखा फरफराउने गर्दछ। यस्तो समस्या कुनै व्यक्तिलाई लामो समय सम्म देखिन सक्छ भने कतिपयलाई थोरै समय मात्रै देखिने गर्दछ।

यस्ता छन् आँखा फरफराउनुका विभिन्न कारणहरु : 

  • तनाव वा थकानका कारण
  • आँखाको दुखाई
  • धुम्रपान, मद्यपान तथा क्याफिन
  • परेलाको चाँया
  • आँखा पाक्नु
  • परेला भित्र गढ्नु
  • नानीमा भएको घाउका कारण
  • औषधीका सेवन
  • सुख्खा आँखा
  • एलर्जी वा अनिन्द्रा
  • पोषक तत्वको कमी र असन्तुलनता
  • बढि उज्यालो
  • गलत खानपान

उपचार विधि : 

  • तनाव कम गर्ने
  • निन्द्रा पूरा गर्ने
  • आँखालाई तातोले सेक्ने
  • आँखाको मसाज गर्ने
  • कृत्रिम आँशुको प्रयोग गर्ने
  • रक्सी, चुरोट तथा क्याफिनको सेवन कम गर्ने
  • समस्याले जटिल रुप लिन थालेमा वा धेरै गाह्रो महसुस भएको अवस्थामा नेत्ररोग विषेशज्ञको परामर्श अनुसार औषधीको प्रयोग गर्नु पर्दछ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्