Logo
१२ बैशाख २०८१, बुधबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्माद्वारा क्यान्सरपीडितलाई सहयोग

विराटनगर : नोबेल शिक्षण अस्पतालका सञ्चालक एवम् समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

मोरङको बेलबारी-१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।

सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए ।

यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी-२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी-४ की सरस्वती गुरुङको उपचारका लागि एक÷एक लाख रकम प्रदान गरेका थिए ।

त्यस्तै सुन्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाइते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक/एक लाख सहयोग गरे ।

डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् । हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्