Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रीय सदस्य मनोज बिकले गरे पार्टी परित्याग, कांग्रेसमा प्रवेश

बैतडी : तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेपाली कांग्रेस प्रवेश गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गरी सोमबार कांग्रेस प्रवेश गरेका हुन् ।

दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बिकले कञ्चनपुरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका ग्रहण गरी कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बिकले सभापति देउवाको हातबाट टीका ग्रहण गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस प्रवेश गरेको बताएका छन् । सत्तामा पुगिसकेपछि कम्युनिष्टले जनताको इच्छा आकांक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको समेत बिकको आरोप रहेको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्