Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकका मालिकलाई सुरक्षित राख्न २.२ करोड डलर खर्च

संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ । फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेको छ । शुक्रबार कम्पनीले जारी गरेको प्रोक्सी फाइलिंगमा तथ्याँक उल्लेख छ । यसमा कर काटिनुअघिको नयाँ १ करोड अमेरिकी डलर पनि छ ।

कम्पनीका अनुसार नयाँ १ करोड राशीले सुरक्षा गार्ड, उपकरण, सेवा र आवास सुधारको खर्च समेटेको छ । ‘उनी फेसबुकका प्रर्याय हुन् । यसैले हाम्रो कम्पनीसँग जोडिएको नकारात्मक जनमत उनीतर्फ मोडिन्छ’ कम्पनीले दायर गरेको प्रोक्सि फाइलिंगमा भनिएको छ । अन्य अमेरिकी धनाढ्य प्रमुख कार्यकारी अधिकृतजस्तो जुकरवर्गले आधिकारिक पारिश्रमिक वार्षिक १ डलर पाउँछन् ।

सन् २०१८ मा उनले बोनस अथवा स्टक पुरस्कार पनि लिएनन् । तथापि जुकरवर्गले कम्पनीबाट लिने खर्च रकम सन् २०१७ को ९१ लाख अमेरिकी डलरबाट बढेर सन् २०१८ मा २।२६ करोड डलर पुग्यो । यसको ठूलो अंश जुकरवर्गको सुरक्षा खर्चमा खर्च भयो ।

कम्पनीले सुरक्षा खर्चमा वृद्धि हुनुमा जुकरवर्ग र फेसबुक सर्वत्र परिचित हुनुले पनि भूमिका खेलेको बताएको छ । फेसबुकले जुकरवर्ग र उनको घरपरिवारको नीजि सुरक्षा साथै खर्च व्यहोर्ने गर्छ । जुकरवर्गले कम्पनीबाट पाएको मध्ये लगभग २६ लाख अमेरिकी डलर त उनको नीजि हवाई यात्रामात्रै खर्च भएको थियो । यो खर्च पनि उनको सुरक्षा खर्च अन्तर्गतनै रहेको कम्पनीले जनाएको छ ।

फेसबुक एकपछि अर्को काण्डमा फस्ने क्रम यस वर्ष पनि जारी रह्यो । कम्पनी क्याम्ब्रिज एनालिटी नामक एक राजनीतिक विश्लेषक कम्पनीले उसको ८।७ करोड प्रयोगकर्ताहरुको व्यक्तिगत खाताहरु ह्याक गरेदेखि विवादमा मुछिएको छ । त्यस्तै पछिल्लो समय फेसबुक श्वेत नश्लवाद र अल्पसंख्यकहरुमाथिको घृणा फैलाउने माध्यम भएको पनि आरोप लाग्ने गरेको छ ।

‘जुकरवर्ग विश्वको सबैभन्दा परिचित कार्यकारी अधिकृत हुन् । हाम्रो कम्पनीको प्रयोगकर्ताहरुको संख्या र विश्वव्यापी मिडिया, न्यायापालिका र नियामक नीतिहरुमा चर्चाबीच उनी झनझन् प्रकाशमा परेकाले उनको सुरक्षा महत्वपूर्ण भएको हो,’ फाइलिंगमा भनिएको छ ।

फाइलिंगले कम्पनीले जुकरवर्गपछिकी दोस्रो वरियताकी अधिकृत सेरील स्याण्डवर्गको व्यक्तिगत सुरक्षाको खर्चमा अघिल्ला वर्षको तुलनामा खर्च बढेको बताएको छ । स्याण्डवर्गको लागि आफूले अघिल्लो वर्ष ११ लाख अमेरिकी डलर खर्चेको कम्पनीले फाइलिंगमा उल्लेख गरेको छ ।

जुकरवर्ग विश्वको सबैभन्द धनी व्यक्ति मध्य एक हुन् । धनाढ्यहरुको सुचि निकाल्ने ‘फोब्र्स’ पत्रिकाकाअनुसार जुकरवर्ग विश्वको आठौं सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनीसँग कुल ६२.३ अर्ब अमेरिकी डलर सम्पत्ती रहेको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्