Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छड्के अनुगमनको फन्दामा परे १ हजार ५ सय कर्मचारी

काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए ।

उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।

निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ ।

दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ ।

यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्