Logo
८ बैशाख २०८१, शनिबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वंशजका आधारमा नागरिकता प्रदान गर्न माग गर्दै सरकारविरूद्ध राजपाको प्रदर्शन

बुटवल : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले सोमबार रुपन्देहीमा सरकारविरोधी नारावाजी गर्दै प्रदर्शन गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारीमाथिका मुद्धा फिर्ता हुनुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महङ्गी,अन्त्य गर्नुपर्ने र सुलभ तरिकाले नागरिकता वितरण गर्नुपर्ने नारा लगाएका थिए । कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् ।

उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाइन् । राजपा रुपन्देहीका संयोजक अजय बर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्