Logo
१२ बैशाख २०८१, बुधबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले भेट्यो बाँसको झ्याङमा अमेरिकन पेस्तोलसहित २ राउन्ड गोली

मोरङ : प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो । प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्