Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झारखण्डमा प्रहरी र नक्सलबीच दोहोरो भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड : भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो ।

‘दूर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सिआरपिएफले जनाएको छ । भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके-४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ । -एएनआई

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्