Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै काँग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ३ः १५ बजे पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

वक्ता शर्माले भने, ‘आजको पत्रकार सम्मेलन देशको समसामयिक विविध विषयमा नै हो । प्रधानमन्त्री ज्यूले पनि आफूले एक वर्ष गरेका कामको फेहरिस्त सुनाउनुभएको छ । काँग्रेसले पनि सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्छ ।’

प्रवक्ता शर्माका अनुसार काँग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रुपमा अगाडि बढ्ने विषयमा पनि जानकारी गराइने छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्