Logo
११ बैशाख २०८१, मंगलबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड महानायक अमिताभले तिरे सबैभन्दा धेरै कर, बिहारका किसानलाई गरे सहयोग

मुम्बई :  बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८/१९ को सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् ।

अमिताभ बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै,  उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् ।

बिहारका किसानलाई आर्थिक मद्दत
अमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवारलाई जनही १० लाख आर्थिक सहायता गरेका थिए ।

अमिताभ अभिनित फिल्म भर्खरै रिलीज भएको ‘बदला’ ले पनि राम्रै कमाई गरेको थियो । साथै, छिट्टै अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिदैँछन् ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्