Logo
७ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु

सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिका-४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। प्रहरीका अनुसार आइतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा आफैँ पड्किएर काँकु डाँडागाउँका २० बर्षिया सुमन राईको मृत्यु भएको हो ।

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका राईको उपचारको लागि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा आइतबार राती १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुबेदीले जानकारी दिए । शवलाई हाल पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्