Logo
१३ बैशाख २०८१, बिहीबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इक्वेडरले यस कारण निकालेको थियो जुलियन असान्जलाई

सीएनएन : जुलियन असान्जलाई लण्डनमा रहेको आफ्नो दुतावासबाट निकालेपछि इक्वेडर अधिकारीले असान्जलाई निकाल्नुका कारणको सूचि दिन थाले । इक्वेडरका विदेश मन्त्री र गृहमन्त्रीले अलग रुपमा असान्जलाई कमजोर दुतावास भवनको ‘प्यासेज’मा स्कुटर चलाएकोदेखि उसका स्टाफलाई अपमान गरेको र अझ दूतावासका पर्खालमा फोहोर९दिशा० दलेकोसम्म आरोप लगाए । यीनै कारणले आफूहरु असान्जलाई निकाल्न बाध्य भएको उनीहरुले बताए ।

हुनत यी दुई मन्त्रीको आरोपबाट लण्डनको तिनको भवनमा लामो समयदेखिका पाहुना रहेका असान्जसँग वाक्क भइसकेको भाव झल्किन्छ । तर घटनाक्रम हेर्ने हो निष्कासनको असली कारण उल्लेखित कारण नै चाँही थिएनन् । उनलाई दिइएको शरण खोसिनु पछाडिको कारण खोज्ने हो भने अन्तिम दिन तिरका घटनाक्रमहरुमा ख्याल गर्नुपर्ने हुन्छ । ती घटनालाई ख्याल गर्दा असान्जको बलजफ्ती बहिरगमन पछाडि जटिल कारण देखिन्छ ।

हुनत विकिलिक्सका गतिविधिले केही अघि देखिनै इक्वेडर प्रशासन अफ्ठ्यारोमा परिरहेको थियो । असान्ज आफैले पनि इक्वेडर सरकारले शरण दिएको घरभित्र नियमहरु कडा गरिँदै लगेको भन्दै कानुनी कदम चाल्न खोजिरहेका थिए ।

क्वीटो(इक्वेडरको राजधानी)स्थित सरकार असान्जले स्पेनको एक भूभाग क्याटोलोनियामा चलिरहेको स्वतन्त्रता आन्दोलनको समर्थन गरेबाट चिडिइएको थियो । त्यस सन्दर्भमा देशका विदेश मन्त्रालयले असान्जलाई स्पेनसमेत अन्य देशहरुसँगको इक्वेडरको सम्बन्धमा अफ्ठ्यारो नपार्न आह्वाननै गरेको थियो । तर पछिल्लो समय विकिलिक्सले इक्वेडरको राष्ट्रपतिमाथि व्यक्तिगत मुद्धामा प्रहार गर्न थालेको थियो ।

मार्च २५ मा विकिलिक्सले एक ट्वीट गर्यो जसमा इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामना गरिरहेको एक भ्रष्टचार मुद्दामा प्रकाश पारिएको छ । ट्वीटमा एक बेनामे रुपमा दर्ता भएको वेबसाइटको लिंक दिइएको थियो जसमा मोरेनोको व्यक्तिगत जीवनसँग जोडिएका लिक भएको इमेल, म्यासेज र कागजातहरुको ठूलो मात्र संग्रहित थिए ।

‘आईएनए पेपर्स’ नाम दिएर लिक भएका दस्तावेजको लागि क्वीटोले विकिलिक्सलाई दोष लगायो जुन आरोपलाई विकिलिक्सले खण्डन गर्दै आएको छ । विकिलिक्स र उसका समर्थकहरुको इक्वेडर सरकारले ‘आईएनपी पेपर्स’को लिकलाई असान्जको शरण रद्ध गर्ने वाहनाको रुपमा लिएको आरोप लगाएका छन् ।

‘आइएनपी पेपर्स’ काण्डमा मोरेनोले आफूले कुनै गल्ति नगरेको दावी गरेका छन् । तर इक्वेडरको महान्यायाधिवक्ता कार्यालयले आरोपमाथि अनुसन्धान सुरु गरिसकेको छ । अघिल्लो शुक्रबार इक्वेडरको रेडियो ब्रोडकास्टर एसोसियनसँगको वार्तालापमा मोरेनोले असान्जले ‘एकाउन्ट र व्यक्तिगत फोनहरु ह्याक गर्ने’ गरेको तर शरण अघि गरिएको सहमतिमा त्यस्तो गर्न नपाइने उल्लेख भएको बताए ।

असान्ज र इक्वेडरको सम्बन्ध बुधबार थप बिग्रियो जब विकिलिक्सले लण्डनमा एक पत्रकार सम्मेलन बोलाएर, दूतावास अधिकारीहरुले असान्जविरुद्ध जासुसी गर्नको लागि एक जासुसी विभाजन गठन गरेको दावी गर्यो । लण्डनमा सञ्चारकर्मीहरुसँग बोल्दै विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्¥याफसनले इक्वेडरले असान्जको गोप्य अडियो र भिडियो बनाएको आरोप लगाए ।

पत्रकारहरुसाग क्रिस्टिनले दूतावासले असान्जको व्यक्तिगत अन्तक्रियादेखि चिकित्सक परिक्षण र कानुनी प्रतिनिधिहरुसँग हुने वैठक पनि रेकर्ड गर्ने गरेको बताए । पत्रकार सम्मेलन भएको २४ घण्टाभित्र अष्ट्रेलियामा जन्मेका असान्जलाई दिइएको इक्वेडर नागरिकता फिर्ता गरियो, उनको शरण रद्ध भयो र दुतावास अधिकारीहरुले लण्डन प्रहरीलाई दूतावासभित्र नै बोलाएर असान्जलाई बलजफ्ती निकाले ।

विकिलिक्स विरुद्धका कदमहरु लण्डनमा मात्र चालिएको थिएन । इक्वेडरका गृहमन्त्रीले विहिबार जापान उड्न लागेका असान्जका एक ‘नजिकका सहकर्मी’ लाई क्वीटोको विमानस्थलमा पक्राउ गरिएको जानकारी दिए । मन्त्रीले पक्राउ परेका व्यक्तिको नाम ओला विनि भएको बताउदैं उनी एक स्वीडिस सफ्टवेयर निर्माता भएको र उनले लण्डनस्थित इक्वेडर दुतावासमा धेरै पटक आउजाउ गरेको जानकारी दिए ।

यसबारे जानकारी दिन इक्वेडरकी गृहमन्त्री मरिया पाउला रोमोले पत्रकार सम्मेलन बोलाएकी थिइन् । विहिबार भएको पत्रकार सम्मेलनमा उनले असान्जले मारेनो सरकालाई अस्थिर पार्न खोजेको आरोप लगाइन् । मरियाले विनिले वर्तमान सरकारलाई कमजोर बनाउन पूर्व–मन्त्री रिकार्डो पाटिनोसँग नजिक भएर काम गरिरहेको आरोप लगाइन् । रिकार्डो पूर्व राष्ट्रपति राफायल कारियाको सरकारमा विदेश मन्त्री थिए । उनैको प्रयासमा असान्जलाई लण्डनको दुतावासमा शरण दिइएको थियो ।

पूर्व राष्ट्रपति राफायले पनि असान्जको पक्राउबारे प्रतिक्रिया दिएका छन् । उनले आफूपछि राष्ट्रपति मोरेनोले असान्जको शरणको हैसियत खोसेकोमा बोल्दै भने ,“यो ल्याटिन अमेरिकी इतिहासको सम्भवत सबैभन्दा ठूलो धोका हो ।”

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्