Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा सांसद पदका उम्मेद्वार

इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो । सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मद्वारका रुपमा चयन गरेको हो । अष्ट्रेलियामा संघीय चुनाव यही मे १८ मा हुँदैछ ।

गत बिहिबार लिबरल पार्टीको एनएसडब्लयू वर्किङ कमिटीको बैठकले उनको नाम पारित गरेको हो । पिजे भनिने प्रमेज २० वर्षअघि ६ वर्षको उमेरमा आफ्ना आमा–बुवासँग अष्ट्रेलिया गएका थिए । मिस्टर नेपाल ओसेनियासमेत रहेका प्रमेज अष्ट्रेलियाको शिक्षा र व्यवसायसँग सम्बन्धित छन् । उनलाई अष्ट्रेलियामा दोस्रो पुस्ताको प्रेरणादायी नेपालीसमेत भनिन्छ ।

श्रेष्ठअघि कुनै पनि नेपाली मूललाई संघीय चुनावको उम्मेद्वार घोषित गरिएको थिएन त्यसकारण उनको नाम अष्ट्रेलियाको सांसद पदका उम्मेद्वारको रुपमा सिफारिस हँदा इतिहास रचेको छ । उनी सम्भवत: संघीय चुनावका कान्छा उम्मेद्वार हुन् । बार्टन क्षेत्रमा नेपालीको बाहुल्यता भएकाले श्रेष्ठलाई लिबरल पार्टले उम्मेद्वार बनाएको हो ।

एमएनटीभी र द नेपलिज भोइससँगको कुराकानीमा उनले आफू बार्टनमा हुर्किएको र बार्टन क्षेत्रबारे निकै ज्ञान भएको बताए । फराकिलो समूदायको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै खुसी भएको उनले बताए ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्