Logo
|| April 15, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालमा सलमान र ऐश्वर्याको पूरानो तस्बिर भयो भाइरल

मुम्बई :  सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या राय र सलमान खानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सलमान र ऐश्वर्याको जोडी बलिउडमा अत्याधिक रुचाइएको जोडी हो । उनीहरुको जोडी जस्तै प्रेम पनि अगाध नै थियो । तर, सम्बन्धमा आएको विभिन्न समस्याले उनीहरुको सम्बन्ध टुट्यो ।

भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्या सँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ । सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् । भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो । तस्बिरमा क्याप्सन ‘Nations wants to know who leaked this pictures!’  लेखिएको छ ।

यद्यपि, सलमान र ऐश्वर्या यतिबेला आ-आफ्नो नीजि जीवनमा व्यस्त छन् । ऐश्वर्या अभिषेक बच्चनसँग बिहे गरेर वैवाहिक जीवन व्यतित गरिरहेकी छिन् भने सलमान अझैसम्म अविवाहित छन् ।

 

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ११:४३

प्रतिक्रिया दिनुहोस्