Logo
१२ बैशाख २०८१, बुधबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यु-१९ विश्वकप छनौट : मलेसियाबिरुद्ध नेपालको शानदार जीत

आईसीसी यु-१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वाललम्पुरमा सम्पन्न खेलमा ९३ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि रित गौतमले नटआउट रहँदै सर्वाधिक ३९ रनको योगदान दिए भने आशिफ शेखले २६ रन बनाए । पवन शरार्फले १९ रन बनाए ।

खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको थियो ।

नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३-३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए । त्यस्तै सागर ढकालले १ विकेट लिए । मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।

तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार बेहोरहेको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्