Logo
११ बैशाख २०८१, मंगलबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा ४.८ रिक्टर स्केलको भूकम्प

काठमाडौं : बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४:२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प नयाँ हो । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्