Logo
१३ बैशाख २०८१, बिहीबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विङगरको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

जनकपुरधाम : धनुषामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका धारापानी स्थिति पूर्व(पश्चित राजमार्गमा शनिबार राति भएको सडक दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको हो । मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा विङगरको ठक्करबाट सिरहाको लहान नगरपालिकाकाका ३० वर्षीय श्याम चौधरी र उनकै ११ वर्षीय छोरा अमन चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ८४३२ नम्बरको विङगरले बाबूछोरा सबार बा ७१ प १९६३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो । दुर्घटना स्थलबाटै विङगर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र त्यसको खोजीकार्य भै रहेको धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्