Logo
१५ चैत्र २०८०, बिहीबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशिका पालना नगरी राष्ट्र बैंकले कर्मचारीलाई खुवायो १ अर्ब ३२ करोड भत्ता

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीलाई तलबभन्दा २२० प्रतिशत बढी भत्ता खुवाएको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्र बैंकले निर्देशिका पालना नगरी भत्ता खुवाएको औल्याएको छ ।

महालेखा परक्षककोी कार्यालयको ५६ औं प्रतिवेदनमा यस वर्ष कर्मचारीलाई तलब बाहेक १ अर्ब ३२ करोड भत्ता राष्ट्र बैंकले बाँडेको उल्लेख छ ।

नेपाल सरकारले सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका जारी गरेरै सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय भत्ता, महंगी भत्ता र लुगा भत्ताबाहेक सबै प्रकारको भत्ता खारेज गरेको छ ।

यो निर्देशिका विपरित राष्ट्र बैंकका कर्मचारीलाई कर्मचारी सञ्चयकोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा सबै कर्मचारीलाई ८ प्रकारको र विशेष समुहको कर्मचारीलाई १९ प्रकारको भत्ता उपलब्ध गराएको प्रतिवेदनले भनेको छ ।

यो निर्देशिका विपरीत हो । निर्देशिकाको पालना गर्न महालेखाले सुझाव समेत दिएको छ ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्