Logo
८ बैशाख २०८१, शनिबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षको अवसरमा ‘पसिना’ को फष्टलुक सार्वजनिक

काठमाडौं : फिल्म ‘पसिना’को फष्टलुक सार्वजनिक गरिएको छ । नयाँबर्ष २०७६ को अवसर आइतबार निर्माण युनिटले फिल्मका ३ पोस्टर सार्वजनिक गरेको हो ।

केहि दिनअघि टाइटल गीत सार्वजनिक गरिएको यो फिल्म मजदूरहरुको कथामा निर्माण भएको हो । फिल्मको फष्टलुकमा गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतका कलाकार अटाएका छन् ।

आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको फिल्ममा चलचित्र ‘पसिना’ मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्व कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको फिल्मले ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको छ ।

२७ वैशाखबाट प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता सञ्जय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजना निर्माण युनिटको रहेको छ ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्