Logo
१५ चैत्र २०८०, बिहीबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट बैंक खाता अभियान शुरु : प्रधानमन्त्रीले खोले बुबाको खाता 

काठमाडौं : आजबाट बैंक खाता अभियान शुरु भएको छ ।

सबै नेपालीलाई बैंकको पहुँच सम्म पुर्याउने लक्ष्य चालू आर्थिक बर्षको बजेटले लिएको थियो । बजेटमा समेटिएको विषय कार्यान्वयनका लागि सबै नेपालीमा बैंक खाता अभियान नयाँ बर्ष ९२०७६ वैशाख १० बाट शुरु भएको हो ।

अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाको खाता खोलिदिएर गरेका छन् । यस अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुले सहकार्य गरिरहेका छन् ।

केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्नेछन् । केन्द्रीय बैंकले बैंकहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत छुट्याएको बजेट यस अभियानमा लगाउन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंककाअनुसार अहिले बैंक तथा वित्तिय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् । यसमा कतिपय खाता दोहोरो/तेहोरो पनि छ ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्