Logo
१२ बैशाख २०८१, बुधबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्ष नयाँ सुरुवात : अभिनेत्री ऋचाले खोलिन् ‘पांग्रा एक्सप्रेस’

काठमाडौं :  अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’ नामक फाष्टफुड संचालनमा ल्याएकी छिन् । दरबारमार्गस्थित शेर्पामलको पहिलो तल्लामा उनले सो फष्टफुड शुक्रबारबाट संचालनमा ल्याएकी हुन् ।

करिव ८ महिना लगाएर तयार गरिएको उक्त फाष्टफुड उनले एक साथीसँगको सहकार्यमा ल्याएकी हुन् । गुणस्तरिय र हाइजेनिक खाजा सस्तोमा खुवाउने उदेश्यले आफुले फाष्टफुड संचालनमा ल्याएको शर्माले बताइन् । शर्माको फष्टफुडमा रेष्टुरेन्ट तथा क्याफेमा पाइने प्राय सबै प्रकारका खानेकुराहरु पाइन्छ ।

बिहान १० बजे देखि बुलेका ९ बजेसम्म ‘‘पांग्रा एक्सप्रेस’ खुल्ला रहने अभिनेत्री शर्माले जानकारी दिइन् । फाष्टफुडमा ऋचालाई सबैले शुक्रबार भेट्न सक्नेछन् । ‘पांग्रा एक्सप्रेस’ आफुलाई शुक्रबार सबैले भेट्न र आफुसँग सेल्फी खिच्दै फिल्मका कुरा समेत गर्न सक्ने शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्