Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालगुरु आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताएका छन् । प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निश्कर्ष दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्